सुर्खेतमा गुडिरहेको गाडी पल्टियो : ११ घाइते, पाँचको अवस्था गम्भीर, चालक फरार

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे१ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा घाइते ११ जना कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। घटना भएको खबर पाउने बित्तिकै बाङ्गेसिमलबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि पु¥याएको उनले बताए।

प्रहरीका अनुसार उपचार गराइरहेका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने छ जना सामान्य अवस्थामा रहेका छन्। दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भइरहेको र वीरेन्द्रनगरभित्र सो दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.