मामा–भाञ्जा द्वन्द्व : गोविन्दा पत्नी सुनीताले अनुहार नै हेर्दिन भनेपछि कृष्णाले के भने ?

एजेन्सी । अभिनेता गोविन्दा र उनका भान्जा कमेडियन कृष्णा अभिषेकबीच एक किसिमको वार जारी नै छ। उनीहरुबीच लामो समयदेखि टकराव भइरहेको छ।

केही दिनअघि गोविनदाकी पत्नी सुनीताले कृष्णा र उनको परिवारप्रति निराशा व्यक्त गरेकी थिइन्। उनले आफूले कृष्णाको अनुहार नै हेर्न नचाहेको बताएकी थिइन्। कृष्णाले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्।

‘मलाई थाहा छ माइजुले मेराविरुद्ध धेरै कुराहरु बोलेकी छिन्। म उदास भएको थिएँ। तर मलाई लाग्छ उनी मसँग धेरै निराश छिन् किनकी मलाई धेरै माया गर्छिन्। म अनुहार नै हेर्न चाँहदिनु भन्नुले पनि उनको मन दुखेको थाहा हुन्छ। र तपाई उसैसँग निराश बन्नुहुन्छ, जोसँग माया गर्नुहुन्छ,’ ले भने।

‘मलाई थाहा छ उनी मलाई धेरै माया गर्छिन्। नत्र यति धेरै घृणा किन,’ कृष्णाले प्रश्न गर्दै भनेका छन्, ‘यो कुरा आमाबाबुले मात्र भन्ने गर्छन्, जो आफ्नो बच्चासँग रिसाएका हुन्छन्। म मामा–माइजुलाई धेरै माया गर्छु।’

‘म चाहन्छु उनीहरु मलाई माफ गरिदिउन्। मैले धेरैपटक प्रयास गरिसकेको छु। मेरो माफी स्वीकार भएको छैन। म उनीहरुको छोराजस्तै हुँ। मलाई माफी गर्न किन तयार छैनन् ?’ कृष्णाले गुनासो गरे।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.