चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुको भविष्य अन्यौलमा

काठमाडौं । चीनमा चिकित्साशास्त्र (एमबीबीएस) अध्ययन गरेका विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको देखिएको छ । चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नशिप गर्न नपाउँदा उनीहरुको भविष्य अन्यौलमा परेको देखिएको हो।

सोही क्रममा उनीहरुले इन्टर्नशिप गर्न नपाएको भन्दै मंगलबार राजधानीमा प्रदर्शन समेत गरेका छन् । एमबीबीएस कोर्स पुरा भएपनि आफूहरुले इन्टर्नशिप गर्न नपाएको उनीहरुको गुनासो छ । राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाई नभएको भन्दै उनीहरुको आक्रोश थियो ।उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नशिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्षण गराएका थिए ।

३ नम्बर बुँदामा ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नशिप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नशिप गर्न पाउनेछ । यस प्रकारको इन्टर्नशिप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्नेछ ।’

Facebook Comments