बुढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मितालाई बनाइयो गाउँपालिका अध्यक्ष

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकाले २ घण्टाको लागि नमुना गाउँपालिका अध्यक्ष नियुक्त गरेको छ ।

आज भाद्र २९ गते बालदिवसका अवसरमा गाउँपालिकाले एक कार्यक्रम गरी १६ वर्षीया सुस्मिता ऋषीदेबलाई नमुना गाउँपालिका अध्यक्ष बनाइएको हो ।

बाल दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरि बालबालिकाहरुको प्रतिनिधिका रुपमा ऋषीदेबलाई नमुना अध्यक्ष बनाइएको गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छादारले जानकारी दिइन् ।

उनका अनुसार नमुना गाउँपालिका अध्यक्षलाई आर्थिक र प्रशासनीकका कुनै पनि जिम्मेवारी दिइने छैन । भने विद्यालय अनुगमन, खोपको अनुगमन, बालबालिकाको अवस्थाको अनुगमन आदीको जिम्मेवारी भने दिइनेछ ।

‘ २ घण्टाको लागि उहाँलाई गाउँपालिकाको नमुना अध्यक्ष घोषणा गरिएको हो । उहाँलाई आर्थिक र प्रशासनीक जिम्मेवारीको काम दिइनेछैन ।’ उपाध्यक्ष गच्छादारले भनिन्, ‘खासगरी उहाँले गाउँपालिकाका बालबालिकाको अवस्थाबारे जानकारी लिने, विद्यालयको अनुगमन गर्ने, खोप केन्द्रको अनुगमन गर्ने लगायतका जिम्मेवारी लिनुहुनेछ ।’

नेपालमा मात्र नभएर विश्वका विभिन्न देशहरुमा नमुना वडाध्यक्ष, मेयर, मुख्यमन्त्री, मन्त्री साथै प्रधानमन्त्रीको समेत जिम्मेवारी दिइने गरिन्छ ।

Facebook Comments