सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् बिस्तार बारे छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।

बैठक आज बिहान(आइतवार) विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।

आजको बैठकमा सत्तारुढ दलहरुले संसदमा खेल्नुपर्ने भुमिका, मन्त्रिपरिषद्को विस्तार लगायतको विषयमा छलफल हुने बताइएको छ ।

यस अघिको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बिस्तारमा निकै ढिला भइसकेको भन्दै गठबन्धनका दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।

Facebook Comments