एजेन्सी । फ्रेन्च इन्जिनियरिङ्गद्वारा निर्मित यो प्रयोगशाला चीनकै पहिलो पि फोर प्रयोगशाला हो । चिनियाँ वैज्ञानिक युवान झिमिङ्ग र उनका सहकर्मीहरु ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा’ हुँदाकै बेला सन् २००३ मा देखापरेको सार्स महामारी जस्तै अर्को महामारी निम्तिन नदिने कुरामा विश्वस्त थिए । सार्स महामारी त्यही महामारी हो जसले बेइजिङ्गलाई लज्जित तुल्याउनुका साथै स्वास्थ्यमन्त्रीलाई पदबाट बर्खास्त गर्न अहम भूमिका खेलेको थियो । तथापि पि फोर प्रयोगशाला उद्घाटन गरेको केही वर्षमै चीन सार्सभन्दा पनि डरलाग्दो र भयावह परिस्थितिको शिकार बन्न पुग्यो । युवान र उनका सहकर्मी साथीले त्यस्तो अवस्थाको परिकल्पना नै गरेका थिएनन् । अझ त्यो भन्दा पनि खराब, कतिपयले उनीहरु नै यस कार्यमा संलग्न रहेको आशंका गरेका थिए ।
त्यस्तै कोभिड–१९ उत्पति सम्बन्धमा गत महिनाको एक प्रतिवेदनमा अमेरिकी गुप्तचर अधिकारीहरुले यो भाइरस जैविक हतियार नभएको र यो प्राकृतिक रुपमै उत्पन्न भएको हो की या कुनै प्रयोगशालाको उपज हो यसै भन्न नसकिने बताएका थिए । चीनको सहकार्य बेगर यसमा यही हो भनेर किटानी गर्न नसकिने उनीहरुको भनाइ थियो । यसअघि अनुसन्धान र अध्ययनमा सहायता गर्दै आएको चीनले जुलाईदेखि अरुचि देखाउँदै आएको छ । युवान र उनका साथीहरु अहिले पनि शंकाको घेरामा छन । उनीहरुको आशा निराशामा परिवर्तन भएको छ । आफ्नो नाम र पहिचान गोप्य राख्न चाहने र वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा लामो समयसम्म काम गरेका एक विदेशी शोधकर्ताले शत्रुतापूर्ण राजनैतिक वातावरणका कारण भाइरोलोजीमा वैज्ञानिक सहकार्य अब सम्भव नरहेको बताए ।
लियोनमा अवस्थित फ्रेन्च पि फोर प्रयोगशालामा आधारित यो भवन चार तल्लाको रहेको छ । प्रतिवेदनका अनुसार भवनको तल्लो तल्लामा फोहोर व्यवस्थापन अवस्थित छ भने, प्रयोगात्मक प्रयोगशाला र जनावर कक्ष मुख्य तल्लामा र माथिल्लो दुई तल्लामा सुरक्षित वायु प्रवाहका लागि उपकरणहरु जडान गरिएको छ । त्यसैगरी सन् २०२० को जनवरीमा चिनियाँ अधिकारीले नयाँ देखापरेको भाइरसलाई फैलन नदिन वुहानलाई सिल गर्दैगर्दा युवानकी अर्की साथी सी जेङ्गलीले आफ्नो लेखमार्फत अन्तर्राष्ट्रिय जगतको ध्यान खिचिसकेकी थिइन् । उनले उनको टोलीले नोबल कोरोनाभाइरससँग ९६.२ प्रतिशत मिल्ने नयाँ भाइरस फेला परेको उल्लेख गरेकी थिइन् ।
नेल्सन–ले रक्सको पछिल्लो पटक युवानसँग कुराकानी सन् २०२० को मार्च महिनामा भएको थियो । युवानले रक्सलाई पठाएको ई–मेलमा ,“वुहानमा कोरोना संक्रमण नियन्त्रण गर्न हामीले निकै सकस बेहोर्नु पर्यो । तपाईको देशमा पनि कोरोनाभाइरस फैलिरहेको छ , थुप्रै मानिसहरु संक्रमित भइरहेका छन् र म यो अवस्थाप्रति चिन्तित छु । हाम्रो सामूहिक प्रयासले हामी यो अवस्थाबाट चाँडै मुक्त हुने र हाम्रो जीवन चाँडै नै सामान्य अवस्थामा फर्कने कुरामा म विश्वस्त छु ।” लेखेका थिए ।











Facebook Comments