चीनको बेल्ट एण्ड रोड परियोजनाको विरोधमा पाकिस्तानी स्थानीय

एजेन्सी । पाकिस्तानमा पानी र बिजुलीको चरम अभावको विरोधमा स्थानीयहरु सडकमा उत्रिएका छन्। यो अभावले उनीहरुको जीविकोपार्जनमा खतरा रहेको स्थानीयको दाबी छ।

बन्दरगाह सहर ग्वादरमा विरोध प्रदर्शन भएको छ । जहाँ स्थानीयहरुले पानी र बिजुलीको अभावको सामना गर्नु परेको गुनासो गरेका छन र चीनको बेल्ट एण्ड रोड प्रोजेक्टहरुमा सबै स्रोतहरुको उपयोग भएको आरोप लगाएका छन्।

अधिकांस माछा मार्ने माझी, स्थानीय मजदुर र बासिन्दाहरुले सडक अवरुद्ध गरी सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले सरकार विरोधी नारा लगाएका थिए र टायर बालेर सरकारलाई तटीय सहरमा बिजुली र पानीको राम्रो सुविधा उपलब्ध गराउन माग समेत गरेका थिए।

उनीहरुले यस क्षेत्रमा चिनियाँ नागरिकद्वारा अवैध माछा मार्ने कार्यलाई रोक्न सरकारसँग आग्रह गरेका छन्। स्थानीयले आरोप लगाए कि चिनियाँ नागरिकहरु नजिकैको नदीमा माछा मार्छन र समातिएका माछाहरुलाई बेच्नको लागि चीन फिर्ता लिएर जाने गरेका छन् ।

‘एक महिना भन्दा बढी भैसकेको छ, हामी चिनियाँ ट्रलर, पानी र बिजुलीको अभावविरुद्ध विरोध र र्‍याली गरिरहेका छौं। तर सरकारले हाम्रा मागहरुमा कहिल्यै ध्यान दिएन, र हामीले पूर्ण बन्द हडताल गर्नुपर्‍यो र जिल्ला प्रशासनले हामीमाथि आक्रमण गर्‍यो’, एक स्थानीय राजनीतिक कार्यकर्ता फैज निगोरीले भने।

जे होस्, यी प्रदर्शनहरुलाई स्थानीय पुलिसद्वारा हिंसक झड़पको सामना गर्नु पर्‍यो । जसले प्रदर्शनकारीहरुमाथि कारवाही गरे । कारवाहीका क्रममा कम्तिमा दुई जना घाइते भएका छन् ।

यो आन्दोलन एक दिन पछि भएको हो जब एक आत्मघाती बमवर्षकले चिनियाँ नागरिकहरु जो बन्दरगाहको लागि एक एक्सप्रेसवेसंग गाडी चलाइरहेका थिए। पाकिस्तानी एक वरिष्ठ अधिकारीले स्थानीय मिडियालाई पुष्टि गर्दै बम विस्फोटमा दुई बालबालिकाको मृत्यु भएको र एक चिनियाँ इन्जिनियर घाइते भएको जानकारी दिए। अधिकारीले भने, ‘आत्मघाती हमलाकारीले काफिलाको अन्तिम कारलाई हिर्काउन सफल भयो।’

बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले बम हमलाको दाबी गरेको छ, जसले चीन सरकारलाई बलुचिस्तानको स्रोतलाई आफ्नो व्यक्तिगत लाभको लागी शोषण गरेको आरोप लगाएको छ।

Facebook Comments