कारोबार सुरु भएको एक घन्टामै ५० अंकले घट्यो नेप्से

काठमाडौँ । कारोबार सुरु भएको एक घन्टामै करिब ५० अंकले नेप्से परिसूचकमा गिरावट आएको छ । १.६८ प्रतिशतले घटेर नेप्से २८८७.१९ बिन्दुमा पुगेको हो ।

ट्रेडिङ र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक कमजोर छन् । विकास बैंक र फाइनान्स समूहको परिसूचकमा दुई प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ ।

१२.०८ मिनेटमा सेयर कारोबार एक अर्ब ७० करोड रुपैयाँ पुगेको छ । सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ ।

Facebook Comments