घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

मंगलबार बजारमा प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ४ सय रहेको थियो । आज सुन तोलामा ७ सयले गिरावट आइ प्रतितोला ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

मंगलबारको तुलनामा बुधबार प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १२ सय ३० सय रहेको थियो भने आज मूल्य गिरावट आइ १२ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments