ताइपेई । ताइवानले नयाँ लडाकु विमानका लागि १.४ विलियन डलर खर्च गर्ने घोषणा गरेको छ । चीनको दबाब र सैन्य गतिविधि बढ्दै जाँदा तयारी स्वरुप लडाकु विमानको लागि उक्त रकम खर्च गर्ने योजना बनाएको ताइवानले जनाएको छ ।
चीनले भने ताइवान नजिकैको एक टापुमा आफ्नो सैन्य अभ्यास गर्दैआएको छ । साथै चीनले आवश्यक परेमा ताइवानको भूभाग पनि आफ्नै नियन्त्रणमा लिनसक्ने ताइवानका कुटनीतिज्ञहरुले आशंका गरेका छन् ।
ताइवानका राष्ट्रपति साई इङ वेनको क्याविनेटद्धारा जारी विज्ञप्ति अनुसार पछिल्लो समय चीनले आफ्नो सैन्य गतिविधि बढाइरहेको छ । आफ्नो सुरक्षाका लागि ताइवान सरकारले आगामी जनवरीदेखि लागु हुने गरी वर्षेनी १६.९ विलियन डलर सैन्य गतिविधमा खर्च गर्ने योजना बनाएको छ ।
ताइवानले सुरक्षा बजेटअन्तर्गत नयाँ लडाकु विमानको लागि १.४ विलियन डलर खर्च गर्ने योजना अघि सारिएको पनि उक्त विज्ञप्तिमा उल्लेख छ । सन् २०१९ मा संयुक्त अमेरिकाले ताइवानलाई ८ विलियन डलरको एफ–१६ लडाकु विमान बिक्री गर्ने सम्झौता गरेको थियो ।











Facebook Comments