एजेन्सी । तालिबानले आइतबार राती आफ्ना सयौं लडाकुहरु पञ्जशीर उपत्यकातिर गएको बताएको छ। पञ्जशीर अफगानिस्तानको एक प्रान्त हो जुन हालसम्म तालिबानको नियन्त्रण बाहिर छ।
काजबुलको उत्तरमा रहेको पञ्जशीर तालिबान विरोधीहरुको गढका रुपमा रहेको छ। हाल पञ्जशीरमा मुजाहिदीनका पूर्व कमाण्डर अहमद शाह मसूदका छोरा अहमद मसूदले कमाण्ड गरिरहेका छन्।
‘स्थानीय प्रशासनले शान्तिपूर्वक पञ्जशिर प्रान्त दिन अस्वीकार गरेपछि यसको नियन्त्रणका लागी इस्लामिक इमिरेट्सबाट सयौं मुजाहिदीनहरु अघि बढिसकेका छन्,’ तालिबानले आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गरेको छ।
तालिबानले राजधानी काबुल कब्जा गरेपछि हजारौं लडाकु पञ्जशिर तिर लागेको जानकारी दिएको छ। मसूदको नेतृत्वमा रहेको तालिबान विरोधी बलले तालिबानसँग लड्न करिब ९ हजार मानिस जम्मा गरेको दाबी गरेको छ।
साथै मसूदले साउदी अरेबियाको मिडिया प्रसारक अल–अरेयिबासँग अफगानि सरकारी सुरक्षा बल पनि भागेर पञ्जशीर प्रान्तमा आएको बताएका छन्। उनीहरुले अफगानिस्तानको रक्षा गर्न तयार रहेको र रक्तपातको चेतावनी पनि दिएका छन्।












Facebook Comments