प्रधानमन्त्री देउवाले मोदीलाई दिए स्वतन्त्रता दिवसको शुभकामना

काठमार्डौ । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

मोदीलाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका हुन् ।

‘७५ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, भारत सरकार र उत्तरोत्तर प्रगती र समृद्धिको लागि शुभकामना,’ देउवाले लेखेका छन् ।

भारतले विभिन्न कार्यक्रम गरी आइतवार स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

सन् १९४७ को अगष्ट १५ मा भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले शनिबार ट्वीट गरी १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन ‘विभीषिका स्मृति’ दिवसको रुपमा मनाउने निणर्य गरेको बताएका थिए ।

Facebook Comments