Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औँ स्वतन्त्रता दिवस मनाएको छ ।
आइतबार काठमाडौंको लैनचौरस्थित दूवतावासमा यो उत्सव ‘आजादीका अमृत महोत्सव’ को रूपमा मनाइएको प्रगतिशील भारतको ७५ वर्ष र मानव प्रयासको सबै क्षेत्रहरुमा भारतीयहरुद्वारा प्राप्त उपलब्धिहरुलाई सम्झिने भारत सरकारको एक पहलकदमी का रुपमा मनाइएको छ ।
नेपालीका लागि भारतीय राजदूत विनय मोहन क्वात्राद्वारा राष्ट्रिय झण्डा फहराइ उत्सवको सुरुवात गरेका थिए । सो अवसरमा राजदूत क्वात्राले भारतका राष्ट्रपति रामनाथ कोविन्दको सन्देश पढेर सुनाएका थिए ।
राष्ट्रपति कोविन्दको सन्देशमा विगत ७५ वर्षहरुमा विभिन्न क्षेत्रहरुमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो भने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धांजलि दिईएको थियो जसले भारतको स्वतन्त्रताको लागी आफ्नो जीवन बलिदान गरे।

राजदूत क्वात्राले एकल महिलाहरु र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तहरुलाई ४ करोड ४५ लाख र प्रत्येक परिवारलाई कम्बल वितरण गरी सम्मान गरेका थिए ।
उक्त समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपुर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो।
सो अवसरमा नेपालको सांस्कृतिक विरासत स्थलहरुको संरक्षणको लागी ‘कला र सांस्कृतिक विरासतको लागी भारतीय राष्ट्रीय ट्रस्ट (INTACH) ’ को वेबसाइट भारतीय राजदूत क्वात्राद्वारा उद्धाटन गरिएको थियो।
भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनर्स्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता प्रदान गरेको छ।
भारत सरकारको ‘आजादीका अमृत महोत्सव’ स्वतन्त्र भारतको यात्रामा ऐतिहासिक कोशेढुङगा पार गरेको सम्झनामा मार्च २०२१ बाट सुरू गरिएको हो भन्ने यो महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहने बताइएको छ ।




Facebook Comments