धनगढी । कैलालीको भासु भीरबाट जीप खस्दा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३–०१ –०२३ च ९०९५ नम्बरको बोलेरो जीप कैलालीको चुरे गाउँपालिका–३ (पंगाल) भासु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्का र चुरे गाउँपालिका–६ कि ३६ वर्षीया दुर्गा साउद रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको अत्तरियाको पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जीप चालक डोटीको जोरायल गाउँपालिका–१ का ३१ वर्षीय रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र कैलालीको चुरे गाउँपालिका–६ का ८ वर्षीय सशुील साउद घाइते छन् ।
उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये साउदको अवस्था गम्भीर छ । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुुलेपनि जिप आफैँ अनियन्त्रित भएको हुुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
Facebook Comments