महिला सांसदलाई ‘अपहरण’ गरी ‘बन्धक’ बनाउने मुख्यमन्त्री पोखरेललाई कारबाही होला त ?

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री कार्यालय लगेर ‘बन्धक’ बनाइएको आरोप लगाइन्। बिहीबार पत्रकार सम्मेलनमा उनले नेपालगञ्ज लगिदिन्छु भनेर गाडीमा हालेर आफूलाई बुटवल लगेको बताएकी थिइन्।

नेपालको कानुनअनुसार कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छाविपरीत कागजपत्रमा सही गराउनु गम्भीर प्रकारको फौजदारी अपराध हो। एकल महिलासमेत रहेकी लुम्बिनी सांसद विमला ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताएपछि अहिले सर्वत्र बहस छेडिएको छ।

कतिपयले मुख्यमन्त्री शंकर पोखरेललाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गर्नुपर्ने बताएका छन्। यस घटनामा वलीले मुख्यमन्त्री र एमालेलाई गलत आरोप लगाएको भए उनीमाथि कारबाही गर्नुपर्ने र यदि आरोप सत्य हो भने घटनामा संलग्न मुख्यमन्त्रीसहित अन्यलाई कारबाही गर्नुपर्ने माग गरिएको छ।

यो घटनाबारे फौजदारी संहिताको प्रक्रियाअनुसार अनुसन्धान जरुरी देखिएको माओवादी केन्द्र लुम्बिनीका नेताहरु बताउँछन्।

पत्रकार सम्मेलनमा विमलाको यस्तो बयान
एमाले सांसद उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि गत उपनिर्वाचनमा दाङबाट नेकपाको ब्यानरमा प्रदेश सभामा विजयी विमलाले पार्टी फुटेपछि माओवादी पार्टी रोजेकी थिइन। त्यसयता उनलाई एमाले नेताहरूले बारम्बार एमालेमा लाग्न दबाब दिँदै आएका थिए।

तर, केही दिनअघि अकस्मात् विमला एमालेमै रहेको वक्तव्य आयो। हाल विमलाले सो वक्तव्यमा जबरजस्ताी गर्न लगाइएको बताएकी छिन्। उनले आफूलाई बन्धक बनाइपछि अरु सुतेको बेला ट्वाइलेटको चप्पल लगाएर भागेको बताएकी छिन्।

तर, दाङस्थित विमलाको घरबाट उनलाई बुटवलस्थित मुख्यमन्त्रीको निवाससम्म गाडीमा लिएर आउने नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमलाको आरोपमा सत्यता नभएको बताएका छन्। विमलाले आफूखुशी मुख्यमन्त्रीसँग भेट गरेको उनले बताएका छन्। ढकालले विमलाले नयाँ कपडा लगाएर, झोला भिरेर आफ्नौ इच्छाअनुसार गाडीमा बसेर मुख्यमन्त्री कार्यायलमा गइ पोखरेललाई भेटेको बताएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.