एसईई नतिजा प्रकाशित हुन किन ढिलाइ भइरहेको छ ?

काठमाडौं । देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।

बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो ।

स्रोतका अनुसार विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको थियो।

केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको यस्तो अवस्था देखेपछि तत्काल छानबिन गर्ने निर्णय गरेको छ । बोर्डको भर्चुअल बैठकमा अचम्मित बन्दै बोर्डका अधिकारीले प्रश्न गरेका थिए– ‘यस्तो अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ? यस्तो गम्भीर विषयमा तत्काल जिल्ला शिक्षा समन्वय इकाइमार्फत विद्यालयको बारेमा छानबिन गर्नुपर्छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.