यात्रु ठग्ने ४९ ट्याक्सी चालकलाई कारबाही

काठमाडौँ । यात्रु ठग्ने ४९ ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बुधवार उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्नेलगायतका कसुरमा चालकमाथि कारबाही गरिएको महाशाखाले जनाएको छ ।

Facebook Comments