काठमाडौँ । काठमाडौंमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यसअघि काठमाडौँमा कूल संक्रमितको संख्या १२ रहेको थियो जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
Facebook Comments