एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य २ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।

शुक्रबार भक्तपुरको जडीबुटी एरियाबाट पक्राउ परेका कार्कीको साथबाट २ ग्राम लागूऔषध ब्राउन सुगर खैरो हेरोइन बरामद भएको ब्यूरोका एक अधिकारीले वताए। ।

महानगरीय प्रहरी वृत्त गौशाला दरबन्दी भएपनि विगत सात वर्षदेखि विमानस्थलमा घुमुवाको रुपमा कार्यरत कार्की आफैं लागूऔषध सेवनकर्ता रहेको खुलेको अनुसन्धानका क्रममा खुलेको स्रोतको भनाइ छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुविरुद्ध लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।