आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् ।

उपत्यकामा निजी सवारीलाई जोर–बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपहरु सेवमा फर्किन लागेका छन् । उनीहरुले पनि जोर–बिजरो प्रणालीलाई पालना गर्नेछन् ।

नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थाल्ने बताएको छ । राइडरले मापदण्ड अनुसार सेवा दिने टुटलका संस्थापक शिक्षित भट्टले बताएका छन् ।

पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ । पञ्जा, मास्क, र सेनिटाइजर प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ ।