झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

झापा । कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो ।

मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा लगायत कृषिजन्य पसल बिहान १० देखि ५ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै मोटरवर्कशपहरु ११ देखि ४ बजेसम्म खोल्न मिल्नेछ । होटलहरुले भने टेक अवे सेवा मात्र दिन पाउनेछन् । उल्लेखित पसलहरु खोल्दा सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

छैटौं पटक थप गरिएको निषेधाज्ञाको छैटौं दिनसम्ममा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ८६५ जना नयाँ संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमणकै कारण हालसम्म झापामा ३२६ जनाले ज्यान गुमाइसकेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.