ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । कोरोना भाइरसविरुद्दको कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकहरुलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । आज सर्वोच्चमा ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी रिट लिएर पुगेको अदालतका एक अधिकारीले बताए ।

गत फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर, १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हक लगायतका मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिएको रिट निवेदनका लागि सहयोग गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.