कोरोना उपचारमा जम्मा ३ सय १७ डाक्टर र नर्स

काठमाडाैँ । अहिलेसम्म कोरोना भाइरसको उपचारका लागि ‘क्रिटिकल ट्रेनिङ’ ३ सय १७ जना डाक्टर र नर्सलाई दिइएको छ । उनीहरू नै कोरोना भाइरसको उपचारमा खटिएका छन् । संक्रमितको संख्या बढ्दो छ । ३ सय १७ जनाले भोलिका दिन थेग्न सक्छन् त ?

‘क्रिटिकल केयर महत्त्वपूर्ण हो । यसका लागि ३ सय १७ जना जनशक्ति छन् । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले भने, ‘अहिले कोभिडका अस्पतालमा यिनै डाक्टर र नर्सले काम गरिरहेका छन् ।’

संक्रमतिको संख्या बढे अन्य अस्पतालका डाक्टर र नर्सलाई पनि प्रयोग गर्न सकिने उनले बताए ।

‘मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलमा दर्ता भएका डाक्टर र नर्स लाखौँ हुनुहुन्छ,’ उनले भने, ‘संकटमा उहाँहरूलाई पनि प्रयोग गर्न सकिन्छ । अहिलेसम्म हाम्रोमा जटिल समस्या देखिएको छैन । अहिले जति छ, त्यतिले भ्याएको छ । आवश्यक परेमा रिटार्यड भइसकेका डाक्टर र नर्सलाई पनि परिचालन गर्न सकिन्छ ।’

उनका अनुसार ३ सय १७ जना कोभिडका लागि तोकिएका ३ तहका अस्पतामा खटिएका छन् ।

Facebook Comments