अमेरिकाले दियाे चीनलाई गहिराे झट्का, ८ सय चिनियाँ कम्पनी बन्द हुँदै

एजेन्सी । अमेरिकाले कोरोना भाइरसको कारण देखाउदै चीनलाई चारैतिरबाट घेराबन्दीमा पर्ने योजना बनाइरहेको छ । आर्थिक मोर्चामा अमेरिकाले एकपछि अर्को झट्का चीनलाई दिइरहेको छ । अब अमेरिकी शयेर बजारमा सूचीकृत चिनियाँ कम्पनीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छड्के नजर लगाइरहेका छन् ।

अमेरिकाको सेनेटमा उक्त सूचिकृत चिनियाँ कम्पनीलाई हटाउन एक विधेयक पारित नै भइसकेको छ । अमेरिकाको चीनप्रति आक्रोस कुन हदसम्म छ भन्ने यसले पनि पुष्टि गरिहेको छ ।अमेरिकी सेनेटले अमेरिकी शेयर बजारबाट चिनियाँ कम्पनीहरूको नाम हटाउने बिल पारित गरिसकेको छ। यद्यपि यसको कार्यान्वयनमा अझै केही कानुनी अडचन रहेको बताइएको छ ।

यस विधेयकलाई अमेरिकाका सबै दलले सेनेटमा समर्थन गरेको छन । अमेरिकीको यो कदमले अमेरिकी शेयर बजारमा सूचीकृत चिनियाँ कम्पनीहरूका लागि गाह्रो हुन सक्ने देखिएको छ। उक्त विधेयकमा अब अमेरिकन कम्पनीलाई प्रोत्साहन दिनका लागि अन्य देशका कम्पनीको लगानी बन्द गर्न सकिने छ भनिएको छ ।

अन्तराष्ट्रिय मिडियाहरुका अनुसार करिब ८०० चिनियाँ कम्पनीहरू अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत छन् । अमेरिकाको यो निर्णयले अलिबाबा र बाईडू जस्ता ठूला चिनियाँ कम्पनीहरूलाई चकित पार्न सक्छ । यति मात्र होईन, अमेरिकाको यो कदम संसारभरको शेयर बजारका लागि नराम्रा खबरहरू हुनसक्दछन ।

यस बाहेक धेरै ठूलो अमेरिकी लगानी चिनियाँ कम्पनीहरूमा रहेको छ । उनीहरूलाई पनि ठूलो झड्का लाग्न सक्छ । धेरै चिनियाँ कम्पनीहरु अमेरिकी शेयर बजारका लगानीकर्ताले राम्रो कमाइरहेका छन् । अमेरिकाका अनुसार स्वदेशी लगानीलाई अब अमेरिकीकाले पहिलो प्राथमिकतामा राख्ने छ ।

यस हप्ताको शुरूमा चिनियाँ कम्पनीलाई अमेरिका ल्याउनका लागि कांग्रेसमा विधेयक पेश गरिएको छ । अमेरिकी सांसद मार्क ग्रीनले यो विधेयक कांग्रेसमा पेश हुन । उनले अमेरिकी अर्थव्यवस्था सुदृढ बनाउन चिनियाँ लगानीलाई आकर्षित गर्नका लागि यो िविधेयक पेश गरेको बताएका छन ।

केहि दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार सम्झौताको बारेमा केहि पनि भन्न नसकिने बताएका थिए । उनले चीनसँगको सम्झौता भंग पनि हुन सक्छ ।

अमेरिका र चीनबीच कोरोना भाइरसको बारेमा विवाद गरिरहेका छन् । यहि महामारीको कारण अमेरिकामा ९० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेकेको छ । तर, ट्रम्पको निशानामा चिन अझै नहट्नु भित्रको रहस्य भने थाहा पाउन अझै समय लाग्ने निश्चित छ ।

Facebook Comments