लकडाउनमै खुल्याे नर्सिङ लाइसेन्स परीक्षा, अब के गर्लान विद्यार्थी ?

काठमाडौं । लकडाउनका कारण विद्यार्थीहरु गाउँघर फर्किएको बेला नेपाल नर्सिङ परिषदले नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको फारम खुलाएको छ । असार २० गते लाइसेन्स परीक्षाको मिति तोकेर असार १ गतेभित्र फारम भर्न परिषदले सूचना प्रकाशित गरेको छ ।

अनलाइन फारम भर्ने भनिए पनि सबै विद्यार्थी इन्टरनेट पहुँचमा नरहेको र धेरै विद्यार्थीले ट्रान्सक्रिप्ट प्रमाणपत्र लगायत आवश्यक कागजातसमेत संकलन गर्न नसक्ने भएकाले अहिले लाइसेन्स परीक्षाको फारम खुलाउनु अव्यवहारिक रहेको विद्यार्थीहरुले बताएका छन् । लकडाउनका बेला परीक्षा लिने निर्णयमाथिनै उनीहरुले प्रश्न उठाएका हुन् ।

काउन्सिलले यसअघि गत फागुनमा लिएको २४ औं लाइसेन्स परीक्षामा पास भएका नर्सहरुलाई दर्ता प्रमाणपत्र दिइसकेको छैन । तर लकडाउनकै बीचमा २५ औं लाइसेन्स परीक्षाको सूचना प्रकाशित गरेपछि प्रमाणपत्र तह र स्नातक पास गरेर बसेका विद्यार्थी तनावमा परेका छन् ।

Facebook Comments