काठमाडाैंमा असईद्वारा गोली हानी आत्महत्या

काठमाडौं । काठमाडाैंमा एक प्रहरी सहायक निरीक्षक(असई)ले गोली हानी आत्महत्या गरेकाे हुन्।प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएका हुन । असई कार्कीको कन्चटमा गोली लागेको छ । उनले आफुले बोकेको पेस्तोलले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको अनुसन्धानमा खुलेको छ । यस बारेमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाका एसपी होमिन्द्र बोगटीले वताए ।

कार्की ढोका लगाएर कन्चटमा गोली लागेर ढलेको अवस्थामा भेटिएका थिए। उनले किन आत्महत्या गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान भइरहेकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.