महतोलाई ‘देश निकाला’ गर्नुपर्ने माग

काठमाडौं । मन्त्री बनेपछि जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले दिएको एउटा अभिव्यक्ति विवादित बनेको छ।उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्रीमा नियुक्त भएपछि महतो विवादमा परेका हुन।

देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको उनको अभिव्यक्तिसँगै उनी विवादमा तानिएका हुन्। सामाजिक सञ्जालमा महतोको आलोचना भइरहेको छ। यसैबीच, नयाँ पार्टी नेपालले महतोले पदभार ग्रहण गरेपछि दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ।

“महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवम् सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा लेखिएको छ “अल्पमतमा पर्दापर्दै गैरकानुनी, असंवैधानिक रुपमा संसद विघटन गरी कथित निर्वाचन समेत घोषणा गरिसकेको काम चलाउ सरकारले पछिल्लो समय मन्त्री परिषद् विस्तार गरेको घटनाप्रति नयाँ पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सम्मानित सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मदधा परिसकेको अवस्थामा यसरी सरकार विस्तार गर्न संविधानको मर्म र भावना विपरित कदम भएको नयाँ पार्टी, नेपालको ठहर छ ।”

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.