पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख १ हजार ८३९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७५ जना संक्रमितको मृत्यु भएको छ। देभभर ८३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.