५,३१६ जना संक्रमित थपिँदा १०१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमितको संख्या ५,३१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको पौडेलले बताए । मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार आज कोरोना भाइरस संक्रमणका कारण १०१ जनाको मृत्यु भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ७,२१९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता पौडेलले बताए। हालसम्म ८०.८ प्रतिशतले कोरोना जितेका छन्।यसैगरी, आज काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् । यसअघि हिजो ६०८५ जनामा संक्रमण पुष्टि हुँदा ६८ जनाको मृत्यु भएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.