काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा प्रतितोला थप एक सय रुपैयाँले वृद्धि हुँदै मंगलबार सुन अधिकतम ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।
आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ९४ हजार पुगेको छ ।
महासंघका अनुसार मंगलबार चाँदी मूल्य समेत प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार ३७० रुपैयाँ कायम भएको छ ।











Facebook Comments