पत्रकारलाई पीसीआरमा ५० प्रतिशत छुट

काठमाडौं । बसुन्धारा स्थित केडीसी (कान्तिपुर डेन्टल कलेज) ल्याबले पत्रकारहरुलाई ५० प्रतिशत छुटमा पीसीआर गर्ने भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा केडीसीले पत्रकारलाई परिचय पत्रको आधारमा ५० प्रतिशत छुट दिने भएको हो ।

महामारीको समयमा अग्र भागमा रहेर नागरिकलाई सुसूचित गराउन तल्लिन पत्रकारहरूका लागि यो छुटको व्यवस्था मिलाएको ल्याब प्रशासन प्रमुख अनिल सापकोटाले बताए। कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको उक्त ल्याबले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सँग सम्झौता गरेको हो ।

दिनको करिब ७ सय जनाको पीसीआर रिपोर्ट दिन सक्ने उक्त ल्याबले करिब ६ देखि ८ घण्टामा पीसीआर रिपोर्ट दिन सक्ने ल्याब ब्यबस्थापनले बताएको छ। २ हजार ५ सयमा बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म संक्रमीत वा संक्रमणको आसंका भएका भएका नागरिकहरुको घरमै गएर दक्ष स्वास्थ्य जनशक्तिले सुरक्षित रुपमा स्वाव संकलन गर्ने प्रशासन प्रमुख सापकोटाले बताए।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्यहरु ,ललितपुर शाखा सदस्यहरु,भक्तपुर शाखा सदस्यहरु ,सम्पूर्ण प्रतिष्ठान शाखाका सदस्यहरु र एसोसिएट शाखा सदस्यहरुले आफ्नो परिचयपत्र देखाएर यो सुबिधा लिन सक्नेछन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.