थुनुवामा काेराेना संक्रमण देखिएपछि प्रहरी कार्यालय ‘सिल’

बैतडी । पहाडी जिल्ला बैतडी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट स्वदेश आएका बताइएको छ ।

ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले
बताए।

जिल्लाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरेर स्वाब संकलनको तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

शिवनाथ गाउँपालिका ४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका पुरूषमा कोरोना पुष्टि भएको हो । गीताको शव गत वैशाख १४ गते खोलाको किनारमा फेला परेपछि उनका आफन्तले दिएको जाहेरीका आधारमा ती युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।

Facebook Comments