प्रधानमन्त्री ओलीमाथि रामकुमारी झाँक्रीको कडा प्रहार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै नेकपा एमाले माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक संजाल मार्फत कडा प्रहार गरेकी छन्।

उनले लेखेकी छिन्,’हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

झाँक्रीले प्रधानमन्त्री ओलीलाई घुमाउरो पाराले दम्भ, अहंकार र जिद्दी छोड्न आग्रह पनि गरेकी छिन् । माओवादीले बुधबार बिहान समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने देखिन्छ।

यस्तै, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधव नेपाल पक्षका २१ सांसदले सयुक्त रुपमा राजिनामा दिने तयारी थालेका छन्। गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरेपश्चात् अध्यक्ष ओलीसंग अलग रहेका पार्टीका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आगामी बैशाख २७ गते ओलीविरुद्द विश्वासको मत रोक्ने तयारी गरेको स्रोतले बताएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.