प्रेस युनियनका अध्यक्ष भण्डारीको सहयोगमा पत्रकारलाई मास्क र सेनिटाइजर

मुरली गोडिया
बर्दिया/
नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारीको सहयोगमा बर्दियाका पत्रकारलाई स्वास्थ्य समाग्री प्रदान गरिएको छ ।

अग्रपन्तिमा रहि नागरिकलाई जोखिम मोलेर सुचना प्रवाहमा खट्ने संचारकर्मीको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाका ३० सकृय पत्रकारहरुलाई मास्क, सेनिटाइजार वितरण गरिएको अध्यक्ष विनयराज भण्डारीले बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितीका कोषाध्यक्ष यमनाथ घिमिरेको प्रमुख आतिथ्यतामा वितरण गरिएको स्वास्थ्य समाग्री नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा भएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितीका कोषाध्यक्ष यमनाथ घिमिरे कोभिड महामारीकै कारण देशभरमा ८ जना संचारकर्मीले ज्यान गुमाउनु परेको जानकारी दिए।

पत्रकार लगायत सम्पुर्ण नागरिकको भौतिक तथा पेशागत सुरक्षाको जिम्मेवारी सरकारले लिनु पर्ने बताए । नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारी पत्रकारहरुले विना पारिश्रमिक जनतालाई सुचनाको हक स्थापित गरि समाजसेवा गरेको बताए नयाँ भेरियन्ट सहितका कोरोना भाइरसका महामारीबाट जोगीन जिल्लाका ३० जना पत्रकारलाई मास्क, सेनिटाइजर वितरण गरेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले सम्पुर्ण पत्रकारहरुलाई आफु सुरक्षित भई सुचना प्रवाह गर्न आग्रह गरे।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.