सप्तरी । कोरोना संक्रमणबाट देशमा थप १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १९ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको संख्या ३२९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशमा आज थप ५ हजार ७०६ कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ जना पुगेको छ । आज १२ सय ८७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।
आज १२ सय ८७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८२ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












Facebook Comments