देशमा थप ५ हजार ७०६ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप पाँच हजार ७०६ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप पाँच हजार ७०६ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ जना पुगेको छ । आज १२ सय ८७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

आज १२ सय ८७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८२ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments