कोभिड–१९ को उत्पति बारे छानविनका लागि नेपालले किन गरेन समर्थन?


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडाैँ । कोभिड –१९ भाइरसको उत्पतिको बारेमा छानवीनको लागि दवाव दिन बनेका १२४ लोकतान्त्रिक देशहरुको गठबन्धनबाट नेपाल बाहिर रहेको खुलासा भएको छ । १२४ वटा राष्ट्रहरूको विश्वव्यापी गठबन्धनले कोभिड –१९ भाइरसको उत्पतिको बारेमा स्वतन्त्र अनुसन्धानका लागि अष्ट्रेलियाको प्रयासलाई समर्थन गरिरहँदा त्यसमा नेपाल सहभागी नहुनुलाई विश्वभर कुटनीती तवरले अर्थपुर्ण ढंगले हेरिएको छ । कोभिड–१९ को उत्पति र प्रसारको जिम्मेवार मानिएको एक कम्युनिष्ट देश चीनविरुद्धको सो प्रयासमा नेपाल सहभागिता नहुँदा वैश्विक मोर्चामा नेपाल अलगथलग हुनसक्ने सम्भावना बढ्दै गएको छ । यसले नेपाललाई विश्वभरबाट आईरहेको सहयोग र नेपालको लोकतान्त्रिक छविमा असर समेत पर्नेछ ।

कोरोनाभाईरसको मूलको छानवीनको लागि गरिएको यस प्रस्तावले यसको उत्पत्ति र प्रसारकोको बारेमा एक अर्कामाथि दोषारोपण गर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरिएको छ ।

सो प्रस्तावलाई अष्ट्रेलिया, अल्बानिया, बेलारूस, बंगलादेश, भुटान, ब्राजील, चिली, क्यानडा, कोलम्बिया, डोमिनिकन रिपब्लिक, जिबूती, अल साल्भाडोर, इक्वेडर, गुयाना, ग्वाटेमाला, भारत, आइसल्याण्ड, इन्डोनेसिया, जापान, मलेसियालगायतले समर्थन जनाएको छ । त्यस्तै, माल्दिभ्स, कजाकिस्तान, मोनाको, मेक्सिको, न्यूजील्याण्ड, मोन्टेनेग्रो, नर्वे, पराग्वे, उत्तर म्यासेडोनिया, कतार, पेरू, मोल्दोभा गणराज्य, कोरिया गणराज्य, सान मारिनो, रूसी संघ, अफ्रिकी समूह र यसको सदस्य देशहरू, साउदी अरेबिया, युरोपेली संघ र यसको सदस्य राज्यहरू, टर्की, ट्युनिसिया, युक्रेन र ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डले पनि उक्त प्रस्तावमा समर्थन गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घ्रेबेरियससले कोरोनाभाइरस महामारीको उत्पति र समयक्रमबारे स्वतन्त्र र निष्पक्ष प्रक्रियाको थालनी गर्नुपर्ने माँग गर्दै उक्त प्रस्ताव डब्ल्यूएचएलाई बुझाईने बताइएको छ।

विश्व स्वास्थ्य संगठनले चीनलाई सहयोग गर्दै महामारीको वास्तविक प्रभावबारे विश्व समुदायलाई समयमै सुचित नगरेको आरोपहरु लागिरहँदा यस प्रस्तावलाई विश्वसमुदायले निकै महत्वको साथ हेरिएको छ ।

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167