भारतीय अतिक्रमणको विरोध हुँदा दार्चुलावासी सदरमुकाम पुग्न भारतकै बाटो प्रयोग गर्न बाध्य

काठमाडाैँ। राजधानी काठमाडाैँमा भारतीय अतिक्रमणको बिरूद्ध आवाज चर्को उठिरहेको छ तर दार्चुलाको छांगु्र र र टिंकर गाउँका जनता जिल्ला सदरमुकाम खलंगासम्म पुग्न भारतकै बाटो प्रयोग गर्न बाध्य छन्।

कारण छांगरुदेखि जिल्ला सदरमुकाम खलंगासम्म सम्म न सडक नै छ न त पदमार्ग नै ।

हिंउदको बेला हुने अत्याधिक जाडो छल्न छांग्रु र टिंकरका जनता बर्षेनि तल झर्नु पर्नेहुन्छ । त्यसकारण भारतीय बाटो प्रयोग गरी उनीहरु हरेक वर्ष जिल्ला सदरमुकाम खलंगा पुग्छन।

छांंगु्र वडा नं १ का अध्यक्ष अशोक सिंह बोहराका अनुसार कोरोना महामारीका सिमानाका बन्द हुँदा हिउँदको बेला खालंगा झेरका ५०० जना अझै गाउँ जान पाएका छैनन् । उनीहरुको सामु सिमानाका खुल्नुको प्रतिक्षा गर्नु बाहेक अन्य कुनै विकल्प छैन् ।

“दुर्गम गाउँहरू जिल्ला सदरमुकामसँग जोड्ने कुनै सडक नभएकोले हामीसँग पर्खनु बाहेक अर्को कुनै मार्ग छैन,” उनले भने र यो दुर्भाग्य हो कि गाउँका बासिन्दा खाद्यान्न र आवागनका लागि भारतमा निर्भर रहन बाध्य छन्। यी गाउँका स्थानीयहरूहरु आवश्यक चीजहरू किन्न भारतमा जान्छन् । किनभने नुन, चामल, तेल र अरु चिजहरू सिमाना पार गरेर धेरै सस्तो दरमा प्राप्त गर्न सक्दछन्।

स्थानीयहरूले यो पनि गुनासो गर्छन् कि नेपाल सरकारले आफ्ना नागरिकहरूलाई आवश्यक चीजहरू उपलब्ध गराउन सक्दैन जबकी भारतीय अधिकारीहरूले त्यस क्षेत्रका मानिसहरूलाई आवश्यक वस्तुहरू उपलब्ध गराउछन्।

स्थानीयका अनुसार त्यहाँको जनसंख्यालाई आवश्यक परेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरुले सहयोग पुर्‍याउँछन्, हेलिकप्टरबाट खाद्यान्न सामग्री खसालिदिन्छन् र बिरामीहरूलाई उपचारका लागि सहयोग पुरयाउछन् ।

नेपाल र भारत हाल सीमा विवादमा झेलिएको छ तर यस विवादले भने सिमामा बस्ने जनता अफ्यारोमा परेका छन् । जसको बारे सरकार उदासिन देखिन्छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.