काठमाडौं उपत्यकामा बिनापास चलाएका ४ सय ११ सवारीसाधन ‘होल्ड’ 

काठमाडौं । काठमाडौं उपत्यमा प्रहरीले चेकजाँच कडा बनाएको छ ।

कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको पहिलो बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ । समाचार तयार गर्दासम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर होल्ड गरिएको छ ।

तीनवटा जिल्लामा ९१ वटा गाडी समेत गरेर ४ सय ११ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले  बताए ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं जिल्लाभित्र १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको छ ।

ट्राफिक र प्रहरीको संयुक्त टिमले काठमाडौंका ४४ ठाँउमा चेकजाँच गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

Facebook Comments