जसपाका १२० जना नेता तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णय (नामसहित)

काठमाडौँ । नेपाल सरकारले जनता समाजवादी पार्टी (जसपा।)का नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा जसपका नेता तथा कार्यकर्तामाथि लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।

आज सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराउदै फिर्ता लिने निर्णय गरेको बताएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् । उनका अनुसार मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने छ।

मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा मुद्दा फिर्ता लिने निर्णय भएको भन्दै प्रवक्ता गुरुङले महान्यायाधिवक्ता कार्यालयको आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको बताए।

जसपाले नयाँ सरकार गठनका लागि  मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो ।

Name-list-of-120-1.jpg

Name-list-of-120-2.jpg

Name-list-of-120-3.jpg

Facebook Comments