काठमाडौंमा कार्यरत दुई प्रहरीमा देखियो कोरोना संक्रमण

काठमाडौं । उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएको हो ।

२ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वाबमा प्रहरी नायब निरीक्षक र प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

‘२ जनामा कोरोना पोजिटिभ देखिएपछि अहिले कालिमाटी प्रहरी वृत्त सिल गरिएका छ । बाँकी प्रहरीको पनि आज कोरोना परीक्षण गर्छौँ,’ डीआईजी पोखरेलले भने ।

यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । बुधबार थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।

Facebook Comments