मंगलबार कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित?

काठमाडाैं । मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ जनासहित देशभर जम्मा ३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ।

केही बेरअघि मात्र धनकुटा जिल्ला अस्पतालका पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका हुन्। तर स्वास्थ्य मन्त्रालयले पछिल्लो पाँच जनाको विवरणबारे औपचारिक जानकारी दिएको छैन।

धनकुटा जिल्ला अस्पतालका पाँच संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान हुन्।

यीबाहेक मंगलबार थपिएका संक्रमितहरूमा काठमाडौंका ३, झापाका ९, कपिलवस्तुका ४ र सर्लाहीका २ जना छन्। यस्तै सुनसरी, मोरङ, सिन्धुली, रामेछाप, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ र नवलपरासीका एक-एक जना छन्। हिजो सोमबार एकै दिन ८० जना संक्रमित थपिएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.