काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्ने जनाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिएका हुन् ।
केही दिन यता कोेभिड-१९ संक्रमण बढ्दै गएपछि सिसिएमसीले सो विषयमा छलफल गरिरहेको छ । गत शनिबार बसेको सीसीएमसी बैठकले केही निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गरिसकेको छ ।
सो विषयमा केन्द्रीत भएर आज छलफल हुने जनाइएको छ । बैठकमा मन्त्रालयगत अन्य नियमित एजेण्डाबारे पनि छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।




Facebook Comments