Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । भारतमा एकैदिन एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएको भारतय स्वास्थ्य मन्त्रालयले जनाएको हो । कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट एक लाख ७० हजार १७९ को मृत्यु भइसकेको छ ।
यससँगै भारतमा कुल संक्रमितको संख्या कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ।
संक्रमण बढ्दै गए पनि भारत सरकारले लकडाउन गर्न चासो देखाएको छैन तर केही राज्यमा भने सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ ।




Facebook Comments