‘सबै समस्या संवैधानिक तवरबाट हल हुन्छ’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका छन् ।

विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् ।

कोरोनाभाइरसको महामारीका बीच उत्पन्न राजनीतिक अन्योललाई विश्व बैंकले समेत चासोका साथ हेरेको छ । त्यस चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीको दोस्रो वेवबाट नेपाली जनता र अर्थतन्त्रलाई बचाउन समेत सरकार क्रियाशील रहेको बताए ।

‘निरन्तर वृद्धि भइरहेको नेपालको अर्थतन्त्रलाई कोभिडले असर गरेको छ’ उनले भने, ‘यो समस्यालाई यहाँहरुको उत्साह र समर्थनबाट नेपाल सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरिरहेको छ ।’ त्यस्तै उनले एक पटक खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप वितरण गर्न र एक पटक पनि नलगाएका नागरिकलाई खोप उपलब्ध गराउन सरकारले काम गरिरहेको समेत बताए ।

Facebook Comments