भारतमा एकैदिन एक लाख ५२ हजार ८७९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा एकैदिन एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ ।

त्यस्तै एक लाख ६९ हजार २७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख नाघेको छ ।

Facebook Comments