काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पार्टी कार्यालय सानेपामा आज दिउँसो दुई बजे बैठक बस्न लागेको हो ।
१४औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ ।
पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको यो बैठकमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने अनुमान छ ।












Facebook Comments