सप्तरी । लहानमा सुनचाँदी व्यवसायीको हत्या आरोपमा २ जना पक्राउ परेका छन् ।
हिजो राती सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्या आरोपमा २ जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाकै लहान नगरपालिका-७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरी र सोही नगरपालिका-२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनी रहेका छन् ।
लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई सुनचाँदी व्यवसायी गर्दै आएका ४५ वर्षीय प्रदीप मिझारको लुटपाट गर्न आएका व्यक्तिले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी हत्या गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।












Facebook Comments