भारतमा एकैदिन ४५ हजार ३८४ हजार संक्रमित थपिए

काठमाडौं । भारतमा एकैदिन एक लाख ४५ हजार ३८४ जनामा संक्रमित भेटिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७९४ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भइसकेको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् ।

Facebook Comments