झापामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यू

झापा । बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो बेलुका मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ती गाउँपालिका-३ मा बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा सनाखत हुन नसकेको अन्दाजी ४१ वर्षीय पुरुष रहेको छ ।

मे १ च ६४१३ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा उनको मृत्यू भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

 

Facebook Comments